News Portal

  • सांग्रिला बैंक र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२७ पौष, २०७७
    १०३९ पटक
    २७ पौष, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिँदै आइरहेको यस बैंक र भरतपुर महानगरपालिका–७, कृष्णपुर अवस्थित बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
    सो सम्झौताअन्तर्गत बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आवद्ध स्थायी चिकित्सक, प्राविधिक तथा कर्मचारीहरुलाई बिना धितो रु. १५ लाखसम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ । बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेको विशेष उपस्थितिमा आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा..देजकुमार गौतमले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।
    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको कुरा बैंको सिईओ सुयोग श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्