News Portal

  • शिखर इन्स्योरेन्सले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी जित हासिल

    आर्थीकसंसार संवाददाता१९ पौष, २०७७
    ९४९ पटक
    १९ पौष, २०७७

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टरले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी शिखर इन्स्योरेन्सले जित हासिल गरेको छ । रुपन्देहीको पड्सरी आधारभूत विद्यालयको खेलमैदानमा भएको मैत्रीपूर्ण प्रतियोगितामा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीलाई ७ रनको अन्तरले पराजीत गर्दै शिखर इन्स्योरेन्सले उपाधी जितेको हो ।
    प्रतियोगीतामा उपाधी बिजेता शिखरले निर्धारित ३ ओभरको खेलमा रिलायबल इन्स्योरेन्स कम्पनीलाई ४७ रनको बिजय लक्ष्य दिएको थियो । जवाफि ब्याटिङ्गमा उत्रिएको रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले निर्धारित ओभरमा ४० रन मात्र जोडेपछि उपाधी शिखरले जितेको हो ।
    शिखरका लागि सर्वाधिक रन तथा विकेट लिँदै सामोद पौडेलले म्यान अफ दि म्याच र म्यान अफ दी सिरिजको उपाधी प्राप्त गरेका छन् । उनले प्रतियोगीता भरी व्यक्तिगत १२६ रन जोड्दै ४ विकेट लिएका थिए ।
    नकआउट चरणमा भएको प्रतियोगीतामा शिखरले पहिलो खेलमा हिमालयन जनरल इन्स्योरेन्सलाई ६७ रनको फराकिलो अन्तर तथा प्रिमियर इन्स्योरेन्सलाई ७ रन र एनएलजी इन्स्योरेन्स कम्पनीलाई ३ रनले पराजीत गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
    त्यस्तै प्रतियोगीताको उपविजेता रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो खेलमा लुम्बिनी जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई समान ६ विकेट तथा नेको इन्स्योरेन्सलाई ५ विकेटले पछि पार्दै फाइनलको लागी यात्रा तय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्