News Portal

  • ग्लोबल आईएमई लघुवित्तको कामु सीईओमा जोशी नियुक्त

    आर्थीकसंसार संवाददाता१७ पौष, २०७७
    १४६६ पटक
    १७ पौष, २०७७

    काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको कामु सीईओमा जोशीलाई नियुक्त गरेको हो ।
    नवनियुक्त कामु सीईओ जोशी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । संस्थाको प्रमुख कार्यकारी अधिकृत किरण कँुवरको करार पदावधि सकिएसँगै बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो । सीईओ कुँवरको पदावधि यही पुस १६ गते सकिएको हो । यससँगै नवनियुक्त कामु सीईओ जोशीले कम्पनीको बैठकले अर्को व्यवस्था नभएसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसका साथै, बैठकले पुस १६ गतेदेखि नै लागु हुने गरी जोशीलाई कम्पनी सचिवमा पनि नियुक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्