News Portal

  • स्थिरता र समृद्धिको लागि स्थायी सरकारः खानेपानी मन्त्री थापा

    आर्थीकसंसार संवाददाता१२ पौष, २०७७
    १३७१ पटक
    १२ पौष, २०७७

    काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
    आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
    नवनियुक्त खानेपानी मन्त्री थापाले कार्यभार सम्हाल्दै देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताए । मन्त्री थापाले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउनु पर्नेमा जरुरी भएको पनि बताए ।
    मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताए । देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्तरक्रियाबाट समाधान गर्न सकिनेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्