News Portal

  • आँधिखोला लघुवित्तद्वारा जोखिम व्यवस्थापन तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता६ पुस, २०७७
    १९४१ पटक
    ६ पुस, २०७७

    काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको जोखिम व्यवस्थापन तथा पोजिटिभ भाइव्रेशन विषयक तालिम सम्पन्न भएको छ । संस्थाले आफ्ना ११ वटा शाखाका ३० जना फिल्ड सहायक कर्मचारीलाई दुई दिने तालिम दिएको जनाएको छ ।
    कम्पनीले स्वास्था मापदण्ड पालना गर्दै २ दिने तालिम सम्पन्न गरेको हो । सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डोलराज केसी, नायव प्रमुख कार्यकारी प्रमुख बाबुरामकुँवरको उपस्थिति रहेको थियो ।
    प्रमुख कार्यकारी अधिकृत केसीले कोभिडका कारण संस्थामा भाखानाघेको कर्जा बढीरहेको अवस्थालाई मध्यनजर गरी कर्जा अशुलीका लागि प्रभावकारी तवरले लाग्नका लागि निर्देशन दिए ।
    त्यस्तै, नायव कार्यकारी प्रमुख बाबुराम कुँवर योजना विभाग प्रमुख कुलदेव लामिछानेले जोखिम व्यवस्थापन तथा सकारात्मक सोचको विकाशसम्बन्धी तालिमको सहजीकरण गरेको नायव कार्यकारी प्रमुखले बताए ।

    प्रतिकृया दिनुहोस्