News Portal

  • बुटवल पावर कम्पनीको २५ प्रतिशत लाभांश वितरण

    आर्थीकसंसार संवाददाता६ पुस, २०७७
    १७१९ पटक
    ६ पुस, २०७७

    काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    पुस ३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी २८औं वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ ।
    प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा ३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरी २८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्