News Portal

  • पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता३ पुस, २०७७
    २२७० पटक
    ३ पुस, २०७७

    काठमाडौं । बितेको २४ घण्टामा देशभर ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०२९ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।
    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ जना पुगेको छ । यस्तै मृतकको संख्या १७६५ पुगेको मन्त्रालयले जनाएको छ । यससँगै देशभर हाल ९ हजार ३१७ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा आज थप २ सय ८७ जना कोरोना संक्रमण देखिएको छ । आज काठमाडौंमा २ सय २, भक्तपुरमा ९ र ललितपुरमा ७६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर २ सय ८३ जनाको आईसीयु र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्