News Portal

  • मुक्तिनाथ दर्शन प्रालिले विरेठाँटी–मुक्तिनाथ केवलकारको डीपीआर तयार

    आर्थीकसंसार संवाददाता१ पुस, २०७७
    २२६१ पटक
    १ पुस, २०७७

    काठमाडौं । नेपालको सबैभन्दा लामो केवलकार परियोजना अघि बढेको छ । मुक्तिनाथ दर्शन प्रालिले बनाउन लागेको विरेठाँटी–मुक्तिनाथ केवलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा पेश भएको छ ।
    सो केवलकारको लम्बाई ८०.१६ किलोमिटर हुनेछ । यो केवलकार अहिलेसम्म नेपालमा बनेको सबैभन्दा लामो परियोजना हुनेछ । यो परियोजना बनेपछि मुक्तिनाथ दर्शन केवलकार चढेर मुक्तिनाथ दर्शन सम्भव हुनेछ ।
    आयोजना विकासकर्ता मुक्तिनाथ केवलकार प्रालिले दिएको जानकारी अनुसार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फ, जोमसोम हुँदै मुक्तिनाथसम्म पुग्नेछ । परियोजना विकासकर्ताले गत १४ मंसिरमा डीपीआर लगानी बोर्डमा बुझाएको छ ।
    यस्तै, बीरगञ्ज र भैरहवामा निर्माण हुने प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्याण्डलिङ फ्यासिलिटीज परियोजनाको विकासकर्ता कम्पनी फ्लास फ्रेट लजिस्टिकस एण्ड इन्टरनेसनल कार्गाे टर्मिनल एण्ड इन्फ्रास्टक्चर प्रालिले बोर्डमा विस्तृत अध्ययन प्रतिवेदन पनि बुझाएको छ । बोर्डले दिएको जानकारी अनुसार गत वर्षको मंसिर १५ गते विस्तृत अध्ययन प्रतिवेदन बनाउने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
    विराटनगरमा निर्माण हुने मल्टीमोडल लजिस्टिकस पार्क परियोजनाको विकासकर्ता कम्पनी सीजी लजिस्टिक्स प्रालि र सराफ ग्रुपले पनि सो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन बुझाएका छन् । विकासकर्ता र बोर्डबीच गत वर्षको असार २ गते यस्तो प्रतिवेदन बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
    चाइना–नेपाल फ्रेन्डसीप इन्डष्ट्रियल पार्क परियोजनाको विकासकर्ता कम्पनीको तर्फबाट दमक इन्डष्ट्रियल पार्कले मंसिर २९ गते डीपीआर बुझाएको छ । सो परियोजनाको लागि बोर्डले गत वर्षको साउन १७ गते ५८ करोड ६१ लाख अमेरिकी डलर लगानी स्वीकृत गरेको थियो । उक्त परियोजना ल्हासा इकोनोमिक एण्ड टेकनोलोजी डेभलपमेन्ट जोन जीनफिङ ज्वाइन्ट क्रियसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी र दमक क्लिन इन्डस्ट्रियल पार्कको संयुक्त लगानीमा झापाको दमकमा निर्माण हुनेछ ।

    प्रतिकृया दिनुहोस्