News Portal

  • मनकामना केबलकार सेवा पुनः सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७७
    २१०८ पटक
    २९ मंसिर, २०७७

    काठमाडौं । करिब नौ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः सञ्चालनमा आएको छ ।
    मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णयअनुसार आईतबारदेखि केबलकार सञ्चालनमा आएको हो । आइतबार विहान ९ बजेदेखि सञ्चालनमा ल्याइएको केबलकारमा बिहान ७ बजेदेखि नै यात्रु तथा भक्तजनहरु अत्यन्त उत्साहका साथ गेटमा आई लाईनमा बसिसकेका थिए । लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर र बजार खुलेसँगै केबुलकारबाट मन्दिर दर्शन गर्न जाने भक्तजनहरुको भीड लागेको हो ।
    केबलकारले यात्रुहरुलाई पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याइएको छ । जसअन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हातधुने आदि व्यवस्था मिलाइएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतःप्रवेश बन्द गरिनेसमेत जनाएको छ ।
    कोरोनापछि खुलेको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिनेछ । तर शनिबारको दिनदर्शनार्थीहरुको चाप बढी भएमा विहान ८ बजेदेखि नै सञ्चालनमा ल्याइने समेत ल्याईने मनकामना दर्शन प्रालिले जनाएको छ ।
    केबुलकार खुलेसँगै मनकामना क्षेत्र आसपासका व्यापार व्यवसायमा समेत चहलपहल देखिन थालेको छ ।
    केबुलकारले कोरोना संक्रमणलाई ध्यानमा राख्दै नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवाप्रदायक कम्पनीसँग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्