News Portal

  • नेपाल बंगलादेश बैंकको सामुदायिक विकास समितिलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७७
    १८४९ पटक
    १९ मंसिर, २०७७

    काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडद्वारा सामुदायिक विकास समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
    बैंकले काठमाडौं महानगरपालिका–३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई रु. तीन लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो । बैंकको कमलादीस्थित प्रमुख कार्यालयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्कबहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेका थिए । सो समितिले स्थापना कालदेखि नै आफ्नो क्षेत्रभित्र बाटो, दल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाइको कार्य अनवरत रुपमा गर्दै आएको छ । हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोही पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिनेछ । साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकाले सो नाराअनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्