News Portal

  • सिद्धार्थ बैंकको नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१८ मंसिर २०७७
    १२४० पटक
    १८ मंसिर २०७७

    काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाडौंको नक्साल स्थित उक्त संघलाई सो मात्राको रकम सहयोग गरेको हो ।
    सो रकम बैंकका तर्फबाट नायव प्रबन्धक भ्याली रिसोर्सेस अर्पणा गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईलाई हस्तान्तरण गरेका हुन् । सो रकम नेपाल पर्वतारोहण संघले नेपाल पर्वतीय पर्यटन प्रवद्घनको कार्य क्षेत्रमा खटिँदा आकस्मिक दुर्घटनामा परी निधन भएको आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि उपयोग गर्नेछ ।
    विगत ४७ वर्षदेखि नेपालको पर्वतीय पर्यटन क्षेत्र विकासको सहयोग गर्ने कार्य गर्दै आइरहेको उक्त संघलाई बैंकले पुर्याएको सो रकम सहयोगबाट निधन भएका पर्वत आरोहीका २० जना बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान हुने र बालबालिकाहरुको शिक्षामा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।
    बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

    प्रतिकृया दिनुहोस्