News Portal

  • माछापुच्छ्रे  बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१८ मंसिर, २०७७
    १५४५ पटक
    १८ मंसिर, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालबीच सम्झौता भएकको छ । माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्यवा सदस्यहरुद्वारा सञ्चालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष बद्रीप्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, सुभाष जमरकट्टेलले हस्ताक्षर गर्नुभयो । सम्झौतापश्चात एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्वारा सञ्चालित उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले न्यूनतम रु. १ लाखदेखि अधिकतम रु. १५ लाखसम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ । साना व्यवसायीहरुको मनोबल बृद्धि गरी स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड–१९ ले सिर्जित विषम परिस्थितिका कारण विगत लामो समयदेखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुर्नजीवन प्रदान गर्न उद्देश्यले माछापुच्छ्रे बैंकले उक्त सम्झौता गरेको हो ।
    स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्े बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पिओएस मेसिनमार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

    Description: Description: C:\Users\anil.siwakoti\Desktop\Reference.jpg

    प्रतिकृया दिनुहोस्