News Portal

  • सूर्या लाइफको तीन करोड नाफा बढायो

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७७
    १६३१ पटक
    १६ मंसिर, २०७७

    काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमा शल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५७ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
    कम्पनीले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा १० करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही समयमा भने ७ करोड ८७ लाख रुपैयाँ थियो ।
    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी १२ करोड ८८ लाख रुपैयाँ छ । गत वर्ष सोही अवधिमा कम्पनीको आम्दानी ११ करोड २२ लाख रुपैयाँ रहेको थियो ।
    चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको खर्च २ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खर्च ३ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।


    सूर्र्या लाइफले कुल कायम गरेको बीमालेखको संख्या २ लाख ५५ हजार रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा कम्पनीको ७६ करोड १ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ११ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण अर्थतन्त्रमा मन्दी देखिएको अवस्था छ । सोही कारण बीमा क्षेत्रको क्रयशक्तिमा ह्रास आएको छ । कम्पनी व्यवस्थापनका अनुसार जीवन बीमासम्बन्धी जानकारीमुलक शिक्षाको कमी, दक्ष जनशक्तिको कमी, लगानीको क्षेत्र सीमित हुनुलगायतका कारणले पनि जीवन बीमा क्षेत्रले प्राप्त गर्ने प्रतिफलमा उल्लेख्य कमी आएको छ ।
    पछिल्लो समय नयाँ जीवन बीमा कम्पनीहरुको स्थापना, कर्मचारीहरुको टर्न ओभर र त्यसको व्यवस्थापन र तीव्र प्रतिस्पर्धा बीमा व्यवसायको चुनौतीको रुपमा रहेको कम्पनी व्यवस्थापनको विश्लेषण छ ।

    प्रतिकृया दिनुहोस्