News Portal

  • २४ घण्टामा १ हजार ३ सय ८० संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७७
    १४०५ पटक
    १३ मंसिर, २०७७

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप १९ जनाको मृत्युसमेत भएको छ । मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ भने मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको छ ।
    त्यसैगरी बितेको २४ घण्टामा थप ५ सय १५ निको भए पनि कुल निको हुने संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । यसैगरी हाल देशभर सक्रिय संक्रमित १८ हजार ८३ जना रहेका छन् भने निको हुने दर ९१.५ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्