News Portal

  • नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको जवाफी प्रस्ताव

    आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७७
    १४६० पटक
    १३ मंसिर, २०७७

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्री ओलीको सरकारी निवास कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेकपाको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफसहितको प्रस्ताव पेश गरेको हुन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
    नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गतेको बैठकमा पेश गरेको प्रस्ताव र सो प्रस्तावमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष केपी ओलीले यस्तो जवाफ दिएका हुन् । प्रम ओलीले पेश गरेको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । प्रवक्ता श्रेष्ठका अनुरुप प्रस्ताव अध्ययन गरी छलफलका लागि अर्को बैठक मंसिर १६ गतेका लागि बोलाइएको बुझिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा १६ गते दिउँसो एक बजे बस्ने भनिएको बैठकले दुवै पार्टीका अध्यक्षका प्रस्तावमाथि छलफल अगाडि बढाइने भएको छ ।
    केही समययता पार्टीभित्र देखिएको समस्या र संकटहरुको समाधान गर्न छलफल गरी अगाडि बढ्नुपर्ने बैठकमा बोल्ने सचिवालय सदस्यहरुले बताएका छन् । दुवै अध्यक्षहरु ओली र प्रचण्ड तथा अन्य सचिवालय सदस्यहरुले पार्टीको एकतालाई सुदृढ र दरिलो बनाउनुपर्ने विषयमा जोडदार माग रहेको कुरा प्रवक्ता श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले अहिलेको पार्टीभित्रको बहसले पार्टी एकता र सैद्धान्तिक दिशामा विचलन कुनै हालतमा नहुने र पार्टी फुटको दिशातिर नजानेसमेत भएकाले पार्टी फुटको ढंगले नसोच्न पनि सबैसँग आग्रह गरे । थप श्रेष्ठ भने, ‘‘यो छलफल र बहसले एकतामा विचलन पैदा हुने वा फुटको दिशामा जाने ढंगले सोच्नु कसैले हुँदैन र पर्दैन । एकताको रक्षा र सुदृढीकरण गर्न अहिलेको छलफल र बहसको सही ढंगले सदुपयोग गर्नैपर्छ भन्ने सबैको एकमना विचार हो ।’
    त्यसैगरी नेकपाले स्थानीय कमिटी बैठक मंसिर १८ मा र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाएको उल्लेख छ ।

    प्रचण्डको आरोपको अध्यक्ष केपी शर्मा ओलीले गरेका ‘चिरफार’को (पूर्णपाठ):


     

    प्रतिकृया दिनुहोस्