News Portal

  • पिपुल्स पावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०७७
    १६०९ पटक
    १२ मंसिर, २०७७

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । उक्त कामको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
    सो नियुक्तिसम्बन्धी दुई संस्थाबीच मंसिर ११ गते बिहीबार सम्झौता भएको छ । सम्झौतामा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोषराज नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
    पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्