News Portal

  • साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य कीर्ति कुमार जोशीको निधन

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७७
    १५४८ पटक
    १० मंसिर, २०७७

    काठमाडौं । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहँँदै आउनु भएका सञ्चालक कीर्तिकुमार जोशीको ७५ वर्षको उमेरमा मिति २०७७÷०८÷०९ गते कमलपोखरीस्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको हो ।
    उहाँ साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडअन्तर्गतको खाद्यउद्योग लिमिटेड, वनस्पति घ्यु उद्योग लिमिटेडमा सञ्चालक रहीकाम गर्नुभएको थियो ।
    कर्पाेरेसनले जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदनासमेत गरेको छ ।
    साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडका संस्थापक लोकनाथ जोशीका नाति स्वर्गीय कीर्तिकुमार जोशीका श्रीमती र दुई जना छोराहरु रहनु भएको छ ।

    प्रतिकृया दिनुहोस्