News Portal

  • मुक्तिनाथ विकास बैंकद्धारा अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०७७
    १५९२ पटक
    ११ मंसिर, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि लागु हुने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको हो ।
    यससँगैं अब बैंकको वेभसाइटबाट सिधै विभिन्न कर्र्जाका लागि आवेदन दिन सकिनुको साथै कर्जा स्वीकृतिका लागि आवश्यक पर्ने कागजात समेत अनलाइनमार्फत बुझाउन सकिने बैंकले जनाएको छ । यस प्रणालीमार्फत ग्राहकले आपूmलाई सहज पर्ने कुनै पनि शाखा अनलाइननै छनोट गरी कर्जा आवेदन दिन सक्नुको साथै सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिन भित्रनै कर्जाको स्वीकृति पाउने छन् ।
    बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको जनाएको छ
    कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीको प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्