News Portal

  • सिटिजन्स बैंकको बोनसपछि सेयर मूूल्य समायोजन

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०७७
    ११९९ पटक
    ११ मंसिर, २०७७

    काठमाडौं । सिटिजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकका सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता २५१ रुपैयाँ थियो ।
    मूल्य समायोजनपछिको कारोबारमा बैंकको सेयर मूल्यमा बृद्धि भएको छ । बिहीबार कारोबार भइरहेको बजारमा कम्पनीको सेयर मूल्य ४.७४ प्रतिशतले बढीसकेको छ । दिउँसो १२ बजेसम्ममा बैंकको सेयर मूल्य ११ रुपैयाँले बढेर प्रतिकित्ता २४३ रुपैयाँ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्