News Portal

  • सगरमाथा इन्स्योरेन्सको मंसिर ११ गते देशभरका शाखा बन्द हुने

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७७
    १३२० पटक
    १० मंसिर, २०७७

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको भोलि (मंसिर ११ गते) देशभरका सम्पूर्ण शाखा कार्यालय बन्द हुने भएको छ । इन्स्योरेन्सका सञ्चालक कीर्तिकुमार जोशीको असायमिक निधन भएकाले कम्पनीले मंसिर ११ गते बिहीबार एक दिन कम्पनीको प्रधान कार्यालयसहित देशभरका शाखा तथा उपशाखा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
    सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको सदस्य एवम् विभिन्न समितिहरुको संयोजक र सदस्यको रुपमा सक्रिय जोशीको गत मंसिर ९ गते निधन भएको हो । उनको ७५ वर्षको उमेरमा कमलपोखरीस्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको हो ।
    उनको असामहिक निधन भएकोमा हार्दिक श्रदाञ्जली अर्पण गर्दै इन्स्योरेन्सलाई सफलताको स्थितिमा पुर्याउन उनले खेलेका अथक योगदानको उच्च सम्मान व्यक्त गरेको छ । साथै, उनीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिका लागि भगवान पशुपतिनाथसँग प्रार्थनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्