News Portal

  • रिलायन्स इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सवमा रक्तदान

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७७
    १५१० पटक
    १० मंसिर, २०७७

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको कर्पोरेट कार्यालयसहित देशभर रहेका क्षेत्रीय कार्यालय र शाखा/उपशाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका छन् ।
    सो कार्यक्रममा कम्पनीका सञ्चालक, शेयरधनी, रिलायन्स साथी, संघसंस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको कम्पनीले उल्लेख गरेको छ । हाल कोभिड—१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम देशभर सञ्चालन गरेको जनाएको छ । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक, शेयरधनी, रिलायन्स साथी, संघसंस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्