News Portal

  • कोरोना महामारीमा वित्तीय अवस्थाका सकारात्मक सूचकहरु

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७७
    १५२४ पटक
    १० मंसिर, २०७७

    काठमाडौं । कोरोना महाहारीले नेपाली अर्थतन्त्रको कैयौं क्षेत्रमा नकारात्मक प्रभाव देखिए पनि समग्र देशको वित्तीय अवस्थामा भने चमत्कारिक सकारात्मक सूचकहरु देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ३ महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिमा व्यापार घाटा निरन्तर घट्ने क्रममा रहेको छ भने आर्थिक रुपमा थप बलियो बन्दै गएको छ ।

    चालु आवको ३ महिनामा व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.७ प्रतिशतले घटेको छ भने निर्यात १४.३ प्रतिशतले बढेको छ । देशको समग्र अर्थतन्त्रको बलियोपना कोरोना महामारीका बीचमा थप बलियो बनेको छ । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार तीन महिनामा देशको शोधान्तरण स्थिति एक खर्ब एक अर्ब नौ करोड रुपैयाँले बचतमा रहेको छ । त्यस्तै विदेशी मुद्रा संचिती पनि बढेको छ । समीक्षा अवधिमा विदेशी मुद्रा संचिती १५ खर्ब नाघेको छ । गत असार मसान्तसम्ममा १२ खर्ब रहेको विदेशी मुद्रा संचिती तीन महिनामा तीन खर्बले बृद्धि भएको देखिएको छ ।
    तथ्याङ्कअनुसार भारतबाट ६.६ प्रतिशत, चीनबाट २६.९ प्रतिशत तथा अन्य मुलुकबाट भएको आयात १९.० प्रतिशतले घटेको छ । कोरोना महामारीमा विदेशबाट हुने आयात घट्ने र देशबाट हुने निर्यातमा बृद्धि हुँदा देशको अवस्था झन मजबुद बन्न पुगेको तथ्यांकले देखाएको छ ।

     

    प्रतिकृया दिनुहोस्