News Portal

  • एनआईसी एशिया फोटो पात्रो प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७७
    १३२१ पटक
    १० मंसिर, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको लागि ‘फोटो पात्रोे–२०७८’ नामक फोटो प्रतियोगिता हालै सार्वजनिक गरेको छ । बैंकले फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा विजेताले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।
    साथै बैंकले उचित नगद पुरस्कारको व्यवस्थासमेत गरेको बैंकले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरुले मौसम, आशा र पोजेटिभिटी, जीवनशैली र दोस्ती विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सक्नेछन् भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी यस लिंकमा अपलोड गर्नुपर्नेछ ।
    प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो १० हजार नगद रकम पुरस्कार प्रदान गर्नेछ । बैंकको अनुसार प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००८८३६०० पिक्सल, साइज (इन्च) १८८१२, रिजोलुसन ३०० डिपिआइ र ल्याण्डस्केप हुनुपर्नेछ । यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्