News Portal

  • माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७७
    १४२५ पटक
    १० मंसिर, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
    सो सम्झौतापत्रमा नेपाल भेटेनरी संघको तर्फबाट अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट दायित्व व्यवस्थापन एवम् बाह्य मामिला प्रमुख सुनिल खतिवडाले हस्ताक्षर गरे । सम्झौतापश्चात नेपाल भेटेनरी संघसँग सदस्यहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुविधामा विशेष सहुलियत प्रदान गर्नेछ ।
    माछापुच्छ्रे बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्