News Portal

  • नेशनल लाइफको कस्ता छन् १५ महिनाका प्रमुख परिसुचक

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७७
    १२६४ पटक
    ९ मंसिर, २०७७

    काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
    कम्पनीले गत आर्थिक वर्षको सोही समयमा १ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ११ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड ५३ लाख रुपैयाँ थियो ।
    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको नेशनल लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफको खर्च ४ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खर्च ४ करोड ८६ लाख रुपैयाँ रहेको थियो । यस आर्थिक वर्षको पहिलो ३ महिनामा कुल कायम रहेको बीमालेखको संख्या ८ लाख ८२ हजार छ ।
    कम्पनीले वहन गर्नुपरेको आन्तरिक र बाह्य समस्या तथा चुनौती र त्यसलाई समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीतिसम्बन्धी कम्पनीले केही जानकारी दिएको छ । सो जानकारीअनुसार अहिले विश्वभर फैलिएको कोरोना भाईरसको कारणले अर्थतन्त्रमा मन्दी आएको अवस्था छ । त्यस्तै, उक्त मन्दीले जीवन बीमा व्यवसायमा प्रतिकूल प्रभाव पर्ने कम्पनीको अनुमान छ ।
    इन्स्योरेन्स कम्पनीले दिएको जानकारीअनुरुप वर्तमान स्थितिमा बजार बृद्धि गर्न बीमा सेवा प्रभावकारी ढंगले अघि बढाउने आगामी दिनको रणनीति रहेको छ ।

    प्रतिकृया दिनुहोस्