News Portal

  • ज्योति बैंक र खल्तीबीच डिजिटल भुक्तानी सेवा प्रदानका लागि सम्झौता

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७७
    १३६८ पटक
    ९ मंसिर, २०७७

    काठमाडौं । ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका सेवा उपलब्ध गर्नका लागि ती दुवै बीच सम्झौता भएको छ । सो सम्झौताअनुसार बैंकमार्फत ग्राहकहरुले खल्तीमा मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी सीधै पैसा लोड गर्न सक्नेछन् ।
    ज्योति बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा खल्तीका तर्फबाट कम्पनीका निर्देशक सुमित अग्रवालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस किसिमको सम्झौता गरेसँगै अब ज्योति बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लेटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्