News Portal

  • गुराँस इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष दुगड़द्वारा सपथ ग्रहण

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७७
    १७२९ पटक
    ८ मंसिर, २०७७

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष विवेक दुगड़ले सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष दुगडले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँसमक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
    मंसिर ४ गते सम्पन्न कम्पनीको १०औं वार्षिक साधारणसभापछि बसेको नवनिर्वाचित सञ्चालक समितिको १६२औं बैठकले दुगडलाई सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । यससँगै दुगड़ले बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिक–२०७५ को दफा ३ को उपदफा (४) बमोजिम मंसिर ८ गते बिहान ११ः३० बजे बीमा समितिमा पद तथा गोपनीयताको सपथ दिएका हुन् । सो सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्