News Portal

  • ४६ लघुवित्तमध्ये कसले खुद नाफा कति कमाए र कुन घाटामा गए ?

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७७
    १५२३ पटक
    ८ मंसिर, २०७७

    काठमाडौं । विपन्न वर्गलाई वित्तीय सेवा दिन नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई सञ्चालनमा रहेका ‘घ’ वर्गका लघुवित्तले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
    हालसम्म कूल ४६ लघुवित्तले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमध्ये ३२ कम्पनीको खुद नाफामा बृद्धि भएको छ भने बाँकी १४ कम्पनीको नाफा खुम्चिएको छ ।
    सबैभन्दा बढी समाज लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ३ हजार रूपैयाँ कमाएको संस्थाले चालु आर्थिक वर्षको सोही अवधिमा ३९ लाख ८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन १३०१६६ प्रतिशतले बढी हो ।
    निर्धन उत्थान लघुवित्तले सबैभन्दा बढी नाफा घटाएको छ । समीक्षा अवधिमा संस्थाले २२९ प्रतिशतले नाफा गुमाएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २१ करोड ३६ लाख रूपैयाँ नाफा कमाएको संस्था चालु आवको सोही अवधिमा २७ करोड ९२ लाख ऋणात्मक रहेको छ । यसअवधिमा निर्धन उत्थान लघुवित्तसहित तीन संस्थाको खुद नाफा ऋणात्मक रहेको छ । आशा लघुवित्तको खुद नाफा ९ लाख ५३ हजार रूपैयाँ ऋणात्मक रहेको छ । जबकी संस्थाले गत आवको असोज मसान्तमा ९८ लाख १६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । जुन हालको तुलनामा १०९.७१ प्रतिशतले बढी थियो ।
    त्यस्तै, मानुषी लघुवित्तको खुद नाफा १३ लाख ६९ हजार रूपैयाँ ऋणात्मक रहेको छ । जुन नाफा गत आवको तुलनामा २०० प्रतिशतले कम हो । संस्थाले गत आवको असोज मसान्तमा १३ लाख ५४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    कसले कति कमाए र कति गुमाए ?

     

    प्रतिकृया दिनुहोस्