News Portal

  • सनराइज बैंकद्वारा ८.२८ प्रतिशत लाभांश दिने घोषणा

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७७
    १३७९ पटक
    ८ मंसिर, २०७७

    काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको लाभांश ८.२८ प्रतिशत दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
    सो प्रस्ताव मंसिर ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
    हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । ५.८० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १५.८ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ५.८ प्रतिशत नगद) घोषणा गरेको थियो ।

    प्रतिकृया दिनुहोस्