News Portal

  • सिटी एक्सप्रेस र इनजाज साउदीले घोषणा गरे विजेता

    आर्थीकसंसार संवाददाता२६ साउन, २०७७
    ११६० पटक
    २६ साउन, २०७७

    काठमाडौं । सिटी एक्सप्रेस नेपाल र इनजाज साउदीले ‘हरेक कारोबारमा आकर्षक उपहार’ योजनाअन्तर्गतका विजेताहरु घोषणा गरेको छ । ‘सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदीस्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै Enjaz-Bank lA Bliad  सँगको सहकार्यमा ‘हरेक कारोबारमा आकर्षक उपहार’ योजना ल्याएको थियो ।
    सो योजना २०२० जनवरी ३० तारिखदेखि अप्रिल ३० (३ महिना)सम्म चलेको थियो । योजना अवधिभर ४५ जना विजेताले सिटी माक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा थियो । सोही योजनाअनुरुप साउदीमा कार्यरत विकास थडराई, गोविन्द नेपाली, पूर्णबहादुर रिमाल, होमराज सापकोटा र किस्मत सार्कीले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् ।
    कोभिड–१९ को महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २ हजार साउदी रियाल प्राप्त गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्