News Portal

  • नेपाल बंगलादेश क्यापिटलको साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता७ मंसिर, २०७७
    १८३६ पटक
    ७ मंसिर, २०७७

    काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट २ प्रतिशत नगद लाभांश पारित गर्नुका साथै आफ्नो कर्पोरेट कार्यालय नयाँबानेश्वर स्थानान्तरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
    त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।
    क्यापिटलका अध्यक्ष सुरेन्द्र भुषण श्रेष्ठले गत आर्थिक वर्षमा ४७ लाख ५३ हजार ४ सय ५६ रुपैया सञ्चालन मुनाफा गर्न सफल भएको सभामार्फत जानकारी गराए । नेपाल बंगलादेश क्यापिटल नेपाल बंगलादेश बैंकको सहायक कम्पनी हो ।

    प्रतिकृया दिनुहोस्