News Portal

  • सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा अर्जुनधारामा

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    १३५२ पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा झापाको अर्जुनधारामा सुरु भएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५३ पुगेको छ ।
    बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका–९, गोलधापमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका मेयर हरिकुमार राना मगरको उपस्थिति रहेको थियो ।
    सो समारोहमा अर्जुनधारा नगरपालिका मेयर राना मगर र बैंकको प्रदेश १ का प्रमुख विवेककुमार निरौलाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
    यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
    हालसम्म बैंकले १३९ वटा शाखा, ५३ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्