News Portal

  • वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    १४४३ पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । वोमी लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको हो । आज एक कार्यक्रमका बीच वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौतासँगै अब शेयर रजिष्ट्रार ९धितोपत्र नामसारी, शेयर दाखिल खारेज, शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश शेयर तथा लाभांश पुर्जा बितरण० सम्बन्धी सम्पूर्ण कार्यका लागि कुमारी क्यापिटल लिमिटेडमार्फत सेवा उपलब्ध गराउने लघुवित्तले जनाएको छ । साथै कुमारी क्यापिटलमार्फत सेवा प्रारम्भ हुने मिति सार्बजनिक सूचनामार्फत जानकारी गराइने भएको छ ।

    प्रतिकृया दिनुहोस्