News Portal

  •  चन्द्रागिरी हिल्सले आइपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    १६५२ पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । चन्द्रागिरी हिल्स प्रालिले धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीले साढे १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।
    कम्पनीलाई १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो । कम्पनीले स्थानीय र सर्वसाधारणको लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा जारी पुँजीको १२ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गर्न लागेको जनाएको छ ।
    कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आइपीओे निष्काशनका लागि जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।

    प्रतिकृया दिनुहोस्