News Portal

  • ग्लोबल बैंकको नयाँ शाखा तनहुँको दुलेगौडामा सञ्चालन

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    १२८४ पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले तिनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ६३ पुगेको छ ।
    सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
    ग्लोबल बैंकले ७२ वटा जिल्लामा फैलिएको २ सय ६३ शाखा सञ्जालसहित २ सय ३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ३१ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्