News Portal

  • प्रभु बैंकको आम्दानी र खुद नाफा दुबैमा बृद्धि

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७७
    १०८६ पटक
    २७ कार्तिक, २०७७

    काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन नाफा गत आवको सोही अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो । गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
    समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा १७ करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सञ्चालन मुनाफा ४०.४९ प्रतिशतले बढेर १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको तुलनामा २०.४१ प्रतिशतले बढी हो ।
    बैंकको प्रतिसेयर आम्दानी बढेर ३२.९६ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको असोजसम्ममा २८.२७ रुपैयाँ रहेको थियो । त्यस्तै, प्रतिशेयर नेटवर्थ १५५.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.२२ गुणा रहेको छ ।
    हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ अर्ब ३० करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन बढेर १ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ र कर्जा लगानी पनि बढेर १ खर्ब १६ अर्ब नाघेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात घटेर २.६७ प्रतिशतमा झरेको छ । त्यस्तै, आधार दर र स्प्रेडदर घटेर क्रमशः ७।३९ प्रतिशत र ४.३७ प्रतिशतमा झरेको छ ।

    प्रतिकृया दिनुहोस्