News Portal

  • मेरो माईक्रो फाइनान्स नवौं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
    १६६८ पटक
    २६ कार्तिक, २०७७

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ ।
    स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले एक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा मेरो माइक्रो फाइनान्सले नेपालको लघुवित्त क्षेत्रमा छुट्टै किसिमको ब्राण्ड बनाएको बताए ।
    देशका गणनीय ८ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा कर्पाेरेट कार्यालय रहने गरी २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना संस्थाले ग्राहक सुहाउँदो विभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जातर्फ बिना धितो सामूहिक जमानी कर्जा र धितो कर्जाअन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिट्यान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधि मैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा सुरुवात गरेको कम्पनीले उल्लेख गरेको छ ।
    संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय सेवा पुर्याएको संस्थाले नवौंैं वर्षमा आइपुग्दा देशको ५९ जिल्लामा १२० शाखा सञ्जालमार्फत १ लाख १८ हजार भन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल रहेको छ । त्यसैगरी हालसम्म रु. १ अर्ब ८४ करोड बराबर निक्षेप संकलन गरी रु. ८ अर्ब २५ करोडभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्