News Portal

  • लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
    १२६१ पटक
    २६ कार्तिक, २०७७

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको करिब साढे आठ लाख कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
    कम्पनीले अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफाबाट वितरण गरेको आठ लाख ५८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ । सूचीकृत भएपछि उक्त शेयर कारोबार गर्न पाइनेछ ।
    कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा आर्जित मुनाफाबाट चुक्ता पुँजी ८८ करोड ३३ लाख ९३ हजार रुपैयाँको ८.१२५ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर बापत ०.४०६ लाभांश वितरण गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्