News Portal

  • महिला लघुवित्तले आईपीओ छिट्टै निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७७
    १४२६ पटक
    २६ कार्तिक, २०७७

    काठमाडौं । कोरोना महामारीका कारण ठूलो लघुवित्त वित्तीय संस्थाहरुलाई अप्ठेरो परेको भए पनि साना लघुवित्तहरुले भने मुनाफा आर्जन गर्न सफल भएका छन् । बागमति प्रदेशको काभ्रे केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी छ करोड रुपैयाँ रहेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार झण्डै दुई करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
    महिला लघुवित्त वित्तीय संस्थाले गत आवको तुलनामा खुद नाफा चार गुणाले बृद्धि गर्न सफल भएको छ । अघिल्लो आवको समीक्षा अवधिमा ५४ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको ३ महिनामा एक करोड ९८ लाख ८५ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
    कम्पनीले सञ्चालन अवधिमा चार करोड ७ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सेवा शुल्क र अन्य आम्दानी समेत गरेर कूल पाँच करोड ७२ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष कूल आम्दानी चार करोड २० लाख रुपैयाँ रहेकोमा कोरोना महामारीकै बीचमा पनि कम्पनीको कूल आम्दानी बृद्धि भएको छ ।
    कम्पनीले कोभिड महामारीकै बीचमा कर्मचारीहरुलाई २८ लाख ४० हजार रुपैयाँ भत्ता वितरण गर्न सफल भएको छ । त्यस्तै कम्पनीको अनियमित कर्जा १.२५ प्रतिशत, पुँजी कोषको लागत ६.१५ प्रतिशत, सिसीडी रेसियो ३१६ प्रतिशत रहेको छ । कम्पनीले छिट्टै आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले चार लाख कित्ता आईपीओ निष्काशन गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्