News Portal

  • तिहारमा बैंक तथा वित्तीय संस्थाहरु नखुल्ने

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७७
    ११६६ पटक
    २५ कार्तिक, २०७७

    काठमाडौं । तिहारमा कुनै पनि बैंकको शाखा कार्यालय नखुल्ने भएको छ । बैंकका कर्मचारी संक्रमित हुने संख्या बढ्दै गरेको हुँदा नेपाल बैंकर्स संघले तिहारमा सबै बैंकको शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
    संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने जनाएको छ । यसअघि बिदाको बेला पनि निश्चित अवधिका लागि बैंक खुला रहने गरेको थियो । संघले एटीएम तथा डिजिटल बैंकिङ सेवा निरन्तर हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्