News Portal

  • गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बिक्री भएन

    आर्थिकसंसार संवाददाता२४ साउना २०७७
    ७१८ पटक
    २४ साउना २०७७

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा सो परिमाणमा शेयर बिक्री नभएपछि उक्त बाँकी शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।
    कम्पनीले चुक्ता पुँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
    हकप्रदमा रितिपूर्वक आवेदन दिने १२ हजार ९०३ जना शेयरधनीलाई ८७ लाख ९५ हजार १८६ कित्ता शेयर साउन २२ गते बाँडफाँड गरिएको छ । उक्त हकप्रदमा फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउने व्यवस्था रहेको थियो । हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते सोमबार शेयरधनी दर्ता किताब बन्द गरेको थियो ।
    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । उक्त हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

    प्रतिकृया दिनुहोस्