News Portal

  • कुमारी बैंकको लाभांश संशोधन

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७७
    ११३५ पटक
    २३ कार्तिक, २०७७

    काठमाडौं । कुमारी बैंकको लाभांश संशोधन भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले यसअघि १० प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार बोनस र नगद लाभांशको दर मात्र संशोधन गरी कुल लाभांशलाई भने कायम नै राखेको जनाएको छ ।
    सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्