News Portal

  • सिद्धार्थ बैंकले व्यवसायिक कृषि कर्जा उपलब्ध गराउने

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७७
    १४८३ पटक
    २३ कार्तिक, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यले १० करोडसम्मको व्यवसायिक कृषि कर्जा उपलब्ध गराउने भएको छ ।
    ग्राहकलाई सहज रूपमा सो कर्जा प्रदान गर्न बैंकले ‘व्यवसायिक कृषि तथा पशुपालन कजा’ योजना सञ्चालनमा ल्याएकोे हो । कृषि तथा पशुपंक्षीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी देशमा उत्पादन एवम् रोजगारी अविवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको बताएको छ ।
    कृषि क्षेत्रको विकासलाई दृष्टिगत गर्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढी हौसला पुग्ने र कृषि क्षेत्र विस्तारै आधुनिकीकरण एवम् व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकले लिएको छ ।
    बैंकले सहुलियतपूर्ण कर्जामा आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । १० करोडसम्मको कर्जा सुविधा, प्रशासनिक र नवीकरण शुल्क नलाग्ने, १५ वर्षसम्मको कर्जा अवधि तथा ब्याज अनुदान ५ वर्षसम्म प्राप्त हुने यस कर्जा योजनाका प्रमुख विशेषता भएको बैंकको भनाइ छ । यस कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहकसमक्ष ल्याइएको देशको कृषि तथा पशुपंक्षीजन्य क्षेत्रका उद्यमीहरुको वित्तीय पहुँचमा बृद्धि गर्न सञ्चालन गरिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्