News Portal

  • मेगा बैंकको कर्मचारी युनियनको अध्यक्षमा कृति वाग्ले पुनः चयन

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७७
    १७८७ पटक
    २३ कार्तिक, २०७७

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध चयन भएका छन् । दरबारमार्गस्थित शेर्पा मलमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको बैंकले जानकारी दिएको छ ।
    युनियनको शनिबार सम्पन्न सो महाधिवेशनमा अध्यक्ष वाग्लेले अध्यक्षको तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि अधिवेशनका प्रतिनिधिहरूको व्यापक छलफलपछि पारित गरिएको छ । त्यसैगरी, नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोक बुढाथोकी, महासचिवमा चन्द्रकान्त न्यौपाने, सचिवमा शिवहरि भण्डारी तथा कोषाध्यक्षमा रोजी श्रेष्ठ चयन भएका छन् भने सदस्यहरूमा क्रमशः दीक्षान्त अर्याल, विजय तिमिल्सिना, आशिष श्रेष्ठ, भोजराज जोशी, रामेश्वर घिमिरे र श्यामकृष्ण श्रेष्ठ चयन भएका छन् । थप एकजना सदस्यमा प्रमिष नेपाललाई शनिबार नै मनोनित गरिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्