News Portal

  • एभरेष्ट बैंकको बोनसभन्दा नगद बढी वितरण

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०७७
    १२३३ पटक
    २० कार्तिक, २०७७

    काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश वितरण घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    बैंकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद (कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । सो प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४७ करोड रूपैयाँ रहेको छ । ५ प्रतिशत बोनसपश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ८९ करोड रूपैयाँ नाघ्ने छ ।
    बैंकले अघिल्लो आवको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत लाभांश (५ प्रतिशत बोनस र २० प्रतिशत नगद) वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्