News Portal

  • माउन्टेन इनर्जी नेपालको शेयर बाँडफाँडमा नपरेकाहरुको रकम फिर्ता

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७७
    १५६१ पटक
    १४ कार्तिक, २०७७

    काठमाडौं । माउन्टेन इनर्जी नेपालले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ नपरेको शेयर बापतको रकम फिर्ता गर्ने भएको छ । कम्पनीले कार्तिक १४ गतेदेखि उक्त रकम फिर्ता गर्न सुरु गर्ने जानकारी गराएको छ । कम्पनीले आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरेको जनाएको छ ।
    साथै कम्पनीले आवेदकले उल्लेख गरेको खातामा रकमान्तर नभएमा वा बैंकको नाम तथा खाता नं फारममा उल्लेख नगरेका आवेदकहरुको हकमा आपूmले आवेदन बुझाएको सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । कम्पनीले उक्त साधारण शेयरको बाँडफाँट गत कात्तिक ६ गते गरेको थियो । कम्पनीले आयोजनाको अतिप्रभावित क्षेत्रका लागि १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर गत भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म विक्री खुला गरेको थियो ।

    प्रतिकृया दिनुहोस्