News Portal

  • काठमाडौं उपत्यकामा १ हजार ७ सय २ जना कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता
    ११६० पटक

    काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ७ सय २ जना कोरोना संक्रमित थप पुष्टी भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।
    प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १ सय २३ र भक्तपुरमा १ सय ४८ जना संक्रमित थपिएका हुन् । यो सँगै आज सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७ सय ७५ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्