News Portal

  • इन्भेष्टमेन्ट बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७७
    १३६९ पटक
    ४ कार्तिक, २०७७

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले दुई नयाँ एक्सटेन्सन काउण्टर शुकुलधोका भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी–९ मा सञ्चालनमा ल्याएको हो ।
    शुकुलधोका एक्सटेन्सन काउण्टरको एनआईबीएलका उपमहाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका थिए । मच्छेगाउँ एक्सटेन्सन काउण्टरको संयुक्त रुपमा कार्यबाहक वडा प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
    यस एक्सटेन्सन काउन्टर सञ्चालनले स्थानीय मागलाई पूरा गर्न बैंकिङ्ग सेवाहरू प्रदान गर्ने, ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्