News Portal

  • ई–सेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना सुरु

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७७
    १३२९ पटक
    ४ कार्तिक, २०७७

    काठमडौं । ई–सेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना सार्वजनिक गरेको छ । इसेवाले चाडपर्व लक्षित उक्त उपहार योजना सार्वजनिक गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको हो ।
    यो उपहार योजनाअन्तर्गत बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सक्ने रहेको छ भने यसबाट एक हजारभन्दा बढीले आकर्षक उपहार कुपन पनि प्राप्त गर्ने भएका छन् ।
    यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । यो अवधिमा इसेवामार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथा गरी विजेता घोषणा गरिनेछ । विजेताहरू हरेक हप्ता सार्बजनिक गरिनेछ भने योजनाको अन्तिममा एक जना भाग्शाली विजेता छानिने कम्पनीले जनाएको छ ।
    इसेवाले एमएसआ, केकेफसी, मिनिसो, टिएफटी, दराज, एसिडिसी, बेननेभिज, भोज, भिजन तथा ग्यापुजस्ता चर्चित ब्राण्डहरुसँग सम्झौता गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
    इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्नुको साथै सेयर कारोबारको भुक्तानी पनि गर्न सकिने छ । साथै इसेवाबाट मोबाईल, बिजुली, टेलिफोन, खानेपानी तथा इन्टरनेटको महसुल भुक्तानी गर्न सकिन्छ । इसेवाबाट हवाइजहाज, रिचार्ज, बसको टिकटका साथै स्कुल कलेजसमेतको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न र बैंक खातामा रकम पठाउन सकिन्छ ।

    प्रतिकृया दिनुहोस्