News Portal

  • सेञ्चुरी बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७७
    १३०८ पटक
    ४ कार्तिक, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई निवेदन दिन आग्रह गरेको छ ।
    इच्छुक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय, पुतलीसडक, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनुपर्ने बैंकले सूचनामा जनाएको छ ।

    प्रतिकृया दिनुहोस्